Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्न नभ्याइनेमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दामाथि आज पनि उच्च अदालत पाटनमा पेसी तोकिए पनि सुनुवाइ हुन सकेन ।

समय अभावका कारण न्यायाधीसले मुद्दालाई नभ्याइनेमा राखेका हुन् ।

सन्दीपको मुद्दा न्यायाधीसद्वय धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको ४ नम्बर इजलासमा परेको थियो । छैटौं नम्बरमा रहेको मुद्दाको पालो नआएपछि सुनवाइ हुन नसकेको हो ।

यसअघि गत वैशाख १० गते तोकिएको पेशी पनि हेर्न नभ्याइनेमा परेको थियो ।

काठमाडौं जिल्ला अदालतले कसुरदार ठहर गरेपछि सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077