Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस विकृत र भ्रष्ट समूहको कब्जामा छ : स्वर्णिम वाग्ले

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले नेपाली कांग्रेस अहिले विकृत र भ्रष्ट समूहको कब्जामा रहेको आरोप लगाएका छन्।

इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति वाग्लेले यस्तो बताएका हुन् । उपसभापति वाग्लेले ८० प्रतिशत भन्दा बढी कांग्रेस गुटले कब्जा गरेको बताए।

उपसभापति वाग्लेले भने, ‘नेपाली कांग्रेसका धेरै सांसदहरू यहाँ हुनुहुन्छ, थोरबहुत परिचय हाम्रो पुरानै हो। म पनि बिपी कोइरालाको अनुयायी हुँ। आजका दिनमा पनि मेरा राजनीतिको रोल मोडल उहाँ नै हुनुहुन्छ। तर, के बिपी कोइराला, सुवर्ण शम्शेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईको नेपाली कांग्रेस छ आज यहाँ ? कांग्रेसभित्र आज एउटा प्रवृत्ति छ त्यसले पार्टीमा हालीमुहाली चलाएको छ । ८० प्रतिशत जति त्यो गुटले कब्जा गरेको छ, त्यसैले त्यो विकृत, भ्रष्ट, निकम्मा समूहको प्रतिनिधि पनि यहाँ उम्मेदवार बनाइएको छ।’

टिकट किन्नेहरूलाई जवाफ दिनको लागि सच्चा कांग्रेसले घण्टीमा भोट हाल्नुपर्ने उपसभापति वाग्लेको भनाई छ ।

कांग्रेसको साँच्चै माया गर्ने, बिपीको आदर्शबाट प्रभावित भएर कांग्रेसमा लाग्नुभएको हो भने घण्टीमा भोट हाल्नुपर्ने उपसभापति वाग्लेले बताए ।

आफ्नै पार्टी सुधार्नको लागि पनि घण्टीमा भोट हाल्नुपर्ने उपसभापति वाग्ले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077