Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

भारतको सामुन्ने सीमामा केही चुनौती छन् : भारतीय विदेशमन्त्री

एजेन्सी । भारतका विदेशमन्त्री एस जय शंकरले भारतको सामुन्ने सीमामा केही चुनौती रहेको बताएका छन् ।

मंगलबार हैदरावादमा आयोजित ‘फरेन पोलिसी द इन्डिया वेः फ्रम डिफिडेन्स टू कन्फिडेन्स’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले भने, “ती चुनौतीबाट बच्ने उपाय केवल सार्वजनिक रुपमा आफ्नो छबि बनाउने काम नभएर आवश्यक ढाँचाको संरचना निर्माण, सेनालाई मद्यत गर्ने र यस्तो प्रणाली बनाउने हो जसले सीमाको खतराको अवस्थामा जवाफ दिन सकोस् ।”

उनले सन् २००८मा भएको मुम्बई हमलालाई लिएर तत्कालीन युपीए सरकारलाई समेत आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077