Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

उत्तर कोरियाले गर्‍यो दक्षिण कोरियानजिकै ब्यालेस्टिक मिसाइल प्रक्षेपण

सोउल । उत्तर कोरियाले दक्षिण कोरियाको पूर्वी तटनजिकै समुद्रमा एउटा अज्ञात ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको सोलको सेनाले सोमवार बताएको छ । उक्त मिसाइल प्योङयाङले यस वर्ष परीक्षण गरेको शृङ्खलामा पछिल्लो हो ।

दक्षिण कोरियाका ज्वाइन्ट चिफ अफ स्टाफले जापान सागर पनि भनिने जल क्षेत्रको नाम लिँदै भने, ‘उत्तर कोरियाले पूर्वी सागरमा अज्ञात मिसाइल प्रक्षेपण गरेको छ ।’

टोकियोले पनि प्रक्षेपणको पुष्टि गरेको छ । जापानी रक्षा मन्त्रालयले सामाजिक सञ्जाल एक्समा भनेको छ, ‘उत्तर कोरियाबाट संदिग्ध ब्यालेस्टिक मिसाइल प्रक्षेपण भएको थियो ।’

जापानको तटरक्षकले मन्त्रालयलाई उद्धृत गर्दै प्रारम्भिक घोषणाको लगत्तै उक्त मिसाइल पहिल्यै खसेको देखिएको बताएको थियो ।

सार्वजनिक प्रसारक एनएचकेलगायत जापानी सञ्चार माध्यमले अज्ञात सरकारी स्रोतहरूलाई उद्धृत गर्दै संदिग्ध मिसाइल जापानको विशेष आर्थिक क्षेत्रबाहिर खसेको बताएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077