Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सरकारलाई एमालेले भन्यो - सहकारी ठगीका अपराधीलाई कानूनी कठघरामा ल्याउनू

काठमाडौं । नेकपा एमालेले सर्वसाधारणको अरबौं रुपैयाँ ठगी गर्नेलाई कानूनी कठघरामा ल्याएर कारवाही गर्न सरकारसमक्ष माग गरेको छ ।

राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकले समसामयिक प्रस्ताव सर्वसम्मतीले पारित गर्दै एमालेले यस्तो माग गरेको हो ।

‘सहकारीमा गम्भीर समस्या र बेथिति देखा परेका छन् । जनताले दुःखले जम्मा गरेको अरबौंको रकम केही व्यक्तिले अपचलन गरेका छन्ु, एमालेको समसामयिक प्रस्तावमा भनिएको छ, ‘लघुवित्त, मिटरब्याजीका पनि उस्तै समस्या छन् । सहकारीमा सर्वसाधारणको रकम अपचलन गर्ने गम्भीर अपराधलाई निष्पक्ष छानबिन गरी दोषीलाई कानूनी कठघरामा ल्याउन सरकारसमक्ष माग गर्दछ ।’

समसामयिक प्रस्ताव प्रस्तुत गर्दै उपमहासचिव विष्णु रिमालले मिटरब्याजपीडित र लघुवित्तका ऋणीका समस्या समाधानमा गम्भीर हुन सरकारसँग माग गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077