Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले सच्चिए दुई वर्षभित्र बलियो वामपन्थी शक्ति बन्छ: घनश्याम भुसाल

रुपन्देही । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमाले र माओवादी केन्द्र सच्चिए दुई वर्षभित्र सबै वामपन्थी दलहरुबीच एकता हुने बताएका छन् ।

समाजवादी प्रेस संगठन रुपन्देहीले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता भुसालले यस्तो बताएका हुन् ।

नेता भुसालले एमाले व्यक्ति पूजा र माओवादी केन्द्र माओवादबाट माथि उठेपछि वामपन्थी एकताका लागि यही विषयबाट अगाडि बढ्नुपर्ने बताए ।

आफूबाहेक अरुलाई वामपन्थी नदेख्ने केपी ओली सच्चिएपछि मात्रै अहिलेको समीकरण बन्न सम्भव भएको उनको भनाइ छ।

नेता भुसालले ओली र प्रचण्ड दुबैलाई अहिलेको सत्ता गठबन्धन यताउता गरेर अन्त जाने ठाउँ नभएको तर्क गरे । नेता भुसालले एमाले र माओवादी दुबै पार्टीभित्रका जडता र कमजोरीहरु हटाउन आवश्यक रहेको जनाए।

उनले २०८४ को चुनावअघिसम्म एमाले, माओवादी, एकीकृत समाजवादी, विप्लवसहितका वामपन्थी दलहरुबीच एकता हुनसक्ने बताए।

आफ्नो दलको महाधिवेशनले वामपन्थी दलहरुबीच एकताका लागि स्पष्ट मार्गनिर्देश गर्ने राजनीतिक कार्यदिशा ल्याउने भुसालले सुनाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077