Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी वैशाख १० गते तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको पेशी १० वैशाखमा तोकिएको छ । शुक्रबार उच्च अदालत पाटनले सन्दीपको अन्तिम बहसको पेसी सोमबारका लागि तोकेको हो ।

उच्च अदालत पाटनले गत वैशाख ३ गतेको सुनुवाईमा वादीको माग अनुसार जन्म दर्ता सम्बन्धी प्रमाण पत्रको प्रतिलिपि साथै निवेदन पेश गर्नु भनि आदेश भए अनुसार तादी पालिकाले उच्च अदालत पाटनमा माग बमोजिम बुझाएको अन्तरिक स्रोतबाट बुझिएको छ।

बादी र प्रतिवादीको तर्फका कानुन ब्यबसायीले उक्त बहसका क्रममा मा यो मुद्दा लाइ प्राथमिकता राखेर हेर्न अदालत समक्ष माग गरेका थिए । कानुन व्यवसायिको माग बमोजिम बमोजिम उच्च अदालत पाटनले तादी गाउपालिका बाट अबिलम्ब कागजात माग गरेको थियो।

अब सन्दीपको मुद्दाको अन्तिम सुनुवाई सोमबार हुने र सो को जानकारी प्रतिवादी र उच्च अदालत सरकारी वकिल कार्यालयलाई समेत जानकारी भइसकेको सन्दीपका कानुन व्यवसायी तथा अधिबक्ता सरोज कृष्ण घिमिरेले बताए ।

अदालतलाई प्राप्त उमेर सम्बन्धि कागजात बारेको प्रश्नमा अधिबक्ता घिमिरेले अदालतमा सिलबन्दी गरिएको कागजात बुझाएकाले आफूहरुलाई समेत पालिकाले बुझाएको पत्र बारे जानकारी नभएको बताए ।

उनले भने ‘अदालतले मागेको कागजात उहाँहरुले सिलबन्दी गरेर बुझाउनु भएको छ।’ उनले ‘यो विषयमा जिल्लाले धेरै बुझेर र धेरै कागजातहरु अध्यन गरेर फैसला गरेकाले उच्च अदालत ले माग गरेको कागजात प्रमाण को ‘चेन अफ कस्टडी’ मा त्यो अभिलेख को भूमिकै के हुने भनेर प्रश्न रहेको बताए।

उनका अनुसार बादी पक्षले एकातिर मुद्दालाई प्राथमिक्तामा राखेर हेर्नु पर्ने माग गर्ने र अर्को तर्फ मुद्दालाई लम्बयाउनका लागि अनेक रणनीति अबलम्बन गर्ने गरेको आरोप लगाए । उनले माग भएका सबै कागजात अदालतमा पहिलानै पेश भइसकेका कारण अब पेश गरिएका मेलखाने कागजातले तात्विक असर नपर्ने उनको दाबी छ ।

सन्दीपले बलात्कार गरेको भन्दै २०७९ भदौ २१ मा बालिकाले काठमाडौंको गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077