Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेस सभापति देउवाले भने - सहकारी ठगी प्रकरण छल्न सरकारले संसद नै बन्द गर्‍यो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी ठगी प्रकरण छानबिन गरी बाहिर ल्याउनुपर्ने बताएका छन् ।

सभापति देउवाले कांग्रेसले पार्टीगत नभई लाखौं सहकारी पीडित जनताका कुरा सदनमा राख्दै आएको बताएका हुन् ।

सभापति देउवाले लाखौं सहकारी पीडितको अर्बौं बचत हिनामिनाको विषय छानबिन गरी बाहिर ल्याउन माग गरे पनि सरकारले संसद नै बन्द गरेको आरोप लगाए ।

सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठन गर्न विगत एक महिनादेखि माग गर्दै आएको थियो। कांग्रेसले संसदीय समिति गठनको अडान राखेपछि प्रतिनिधि सभा बैठक अवरोधसमेत भएको थियो।

सरकारले गत शुक्रबार संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि कांग्रेसले जनताका सवालबाट सरकार भाग्न अधिवेशन अन्त्य गर्ने बाटोमा लागेको आरोप लगाएको छ।

सरकार सुशासनको पक्षमा नरहेको र गैरजिम्मेवारी रुपमा प्रस्तुत भएको संसद बैठक अन्त्यले पुष्टि गरेको उनले बताए । सहकारी पीडित र सुशासनको पक्षमा दृढतापूर्वक उभिएर आवाज उठाइरहन उनले सांसदहरुलाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077