Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इरानी हमलापछि इजरालयका प्रधानमन्त्री नेतान्याहुले भने - हामी मिलेर जित्नेछौं

एजेन्सी । इरानका तर्फबाट रातभर भएको हवाई हमलापछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको पहिलो सार्वजनिक प्रतिक्रिया आएको छ ।

सामाजिक सञ्जाल एक्समा आइतबार सन्देश लेख्दै नेतान्याहुले आफूहरूले जित्ने बताएका हुन् ।

नेतान्याहुले लेखेका छन्,'हामीले (इरानी ड्रोनहरूलाई) अवरोध गर्‍यौं । हामीले रोक्यौं । हामी मिलेर जित्नेछौं।'

इरानतर्फबाट प्रहार गरिएका करिब ३०० ड्रोन इजरायलले अमेरिकाको सहयोगमा आकाशमै ध्वस्त पारिदिएको छ ।

इजरायल-हमास पछिल्लो तनावका बीच इरानका तर्फबाट भएको प्रत्यक्ष हमलामा इजरायलले खासै ठूलो क्षति नव्यहोरेको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077