Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गृहमन्त्रीको राजीनामा होइन, संसदीय छानबिन समितिमात्रै मागेका हौँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्रीको राजीनामा नमागेको स्पष्ट पारेका छन् ।

कांग्रेसका महामन्त्री गगन थापाले एक भिडियो सन्देशमार्फत् आफूहरुले अहिले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग नगरेको स्पष्ट पार्दै संसदीय छानबिन समितिमात्रै माग गरेको बताएका हुन् ।

उनले संसदीय छानबिन चारवटा कारणले आवश्यक रहेको बताए ।

उनले यसअघि बनेका समितिका बारेमा पनि जानकारी गराउँदै भनेका छन्, “छानबिन समिति बनाउनुपर्ने कुरामा आपत्ति किन छ ? हामीले गृहमन्त्रीको राजीनामा मागेका होइनौँ, संसदीय छानबिन समिति बनाउन माग गरेका हौँ ।”

उनले छानबिन समितिमा कांग्रेस, एमाले, रास्वपालगायत सबै दलका प्रतिनिधि रहने बताउँदै यसमा आपत्ति जनाउन नपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077