Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेसले आइतबार बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले आइतबार संसदीय दलको कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ ।

कांग्रेसले आइतबार बिहान साढे ७ बजे संसदीय दल कार्यसमितिको बैठक बोलाएको हो ।

कांग्रेसले ८ बजे संसदीय दलको बैठक बोलाएको एक सूचना मार्फत जानकारी दिएको छ । कांग्रेसको संसदीय दलमा प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरु रहनेछन् ।

संसदीय दलको कार्यसमितिमा भने संसदीय दलका नेता, उपनेता, राष्ट्रियसभा संसदीय दलका नेता, प्रमुख सचेतक, सचेतक र पार्टीका महामन्त्री पदेन सदस्य रहनेछन् ।

कांग्रेसमा हाल सभापति शेरबहादुर देउवा संसदीय दलका नेता छन् भने उपनेता पनि चयन भएका छैनन् ।

संसदीय दलमा प्रदेशका सम्पूर्ण संघीय सांसदमध्येबाट एक एक जना गरी ७ जना, कम्तीमा पाँच जना महिला रहने गरी दुई जना खस आर्य, दुई आदिवासी जनाजाति, दुई मधेशी, दुई दलित, एक थारु, एक मुस्लिम, एक पिछडिएको क्षेत्रका सदस्य गरी ११ जना निर्वाचित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077