Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जेरूसलेम लगायतका सहर भ्रमण नगर्न आफ्ना कर्मचारीलाई अमेरिकाको आग्रह

एजेन्सी । अमेरिकाले इजराइलस्थित दूतावासमा कार्यरत आफ्ना कर्मचारीहरूलाई यात्रा प्रतिबन्ध लगाएको छ।

इजराइलमा इरानले आक्रमण गर्ने खतरा रहेकाले अमेरिकी दूतावासमा कार्यरत आफ्ना नागरिकहरूलाई बाहिर ननिस्कन भनेको हो।

इजराइलस्थित अमेरिकी दूतावासले जेरूसलेम, तेल अविभ, बेरसेवा लगायतका क्षेत्रहरूमा यात्रा गर्न प्रतिबन्ध लगाएको छ।

इजराइलले ११ दिनअघि सिरियास्थित इरानी दूतावासमा आक्रमण हुँदा त्यहाँ इरानी कुड्स फोर्सका वरिष्ठ कमाण्डर र सैन्य अधिकारीसहित १३ जना मारिएका थिए।

इरानले उक्त आक्रमणमा इजराइलको हात रहेको बताउँदै त्यसको बदला लिने घोषणा गरेको थियो। यद्यपि इजराइलले उक्त आक्रमणको जिम्मा लिएको छैन।

इजराइल अक्टोबरदेखि प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासँगको लडाईंमा छ। सोही क्रममा हिजबुल्लाह लगायत हमासका अन्य सहयोगी विद्रोही समूहसँग उसको युद्ध जारी छ।

बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेनले इजराइलमा इरानी आक्रमणको खतराबारे बताउँदै त्यसमा इसराइललाई रक्षा गर्न अमेरिका तयार रहेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077