Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष घिमिरेले गरिन् पदभार ग्रहण

काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले पदभार ग्रहण गरेकी छन् ।

उनले सिंहदबारस्थित राष्ट्रियसभाको कार्यकक्षमा पदभार ग्रहण गरेकी हुन् ।

राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहाय प्रसाद यादवको उपस्थितिमा राष्ट्रियसभा अध्यक्ष नारायण दाहालबाट उनले पद तथा गोपनीयताको शपथ लिएकी थिइँन् ।

राष्ट्रियसभाको बुधबार बसेको बैठकले उपाध्यक्ष निर्वाचित गरेको थियो ।

जसमा घिमिरेले नेपाली कांग्रेसकी उम्मेदवार विष्णुदेवी पुडासैनीलाई पराजित गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077