Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोशीका प्रदेश प्रमुख खापुङ्गले बोलाए वैशाख ६ गते विशेष अधिवेशन

विराटनगर । कोशी प्रदेशमा प्रदेशसभाको विशेष अधिवेशन आह्वान भएको छ।

प्रदेश प्रमुख परशुराम खापुङ्गले बुधबार वैशाख ६ गतेका लागि प्रदेश सभा विशेष अधिवेशन आह्वान गरेका हुन्।

२६ चैतमा केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा एमाले र माओवादी केन्द्रका ५२ सांसदले मुख्यमन्त्री र सरकारलाई निर्देशन दिनुपर्ने भएकाले अधिवेशन मागसहित निवेदन दिएका थिए ।

सोही दिन मुख्यमन्त्री केदार कार्कीले मन्त्रीपरिषद्को निर्णय अनुसार ११ जेठ २०८१ मा संसदको नियमित अधिवेशन आह्वानका लागि निवेदन दिएका थिए ।

दुई दिन परामर्श गरेका प्रदेश प्रमुख खापुङले ६ बैशाख २०८१ दिउँसो १ बजे प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् ।

एमाले र माओवादीले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन सोमबार फिर्ता लिएका थिए भने माओवादी मन्त्रीले पदबाट राजीनामा दिएका थिए।

विशेष अधिवेशनमा मुख्यमन्त्री अल्पमतमा पर्ने र उनले कि राजीनामा कि विश्वासको मत लिने अपेक्षा गठबन्धनको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077