Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मेयर बालेनको कविता - अरुलाई के भनम्, म आफैँ खराब छुु !

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले समसामयिक राजनीतिक घटनाक्रमप्रति व्यंग्य गरेका छन् ।

मेयर बालेनलेमंगलवार साँझ सामाजिक सञ्जाल फेसबूकमार्फत व्यंग्य गरेका हुन् ।

मंगलवार दिउँसो राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा राजसंस्थाको मागसहित प्रदर्शन गरेको थियो ।

प्रदर्शनका क्रममा झडप हुनुका साथै उपत्यकाको यातायात प्रभावित भएको थियो ।

यसै परिपेक्षमा व्यंग्य गर्दै उनले कविता लेखेका छन्, ‘म राजा हुँदा लोकतन्त्र चाहियो भन्छु, राजा खराब भो । म गणतन्त्र आउँदा राजा चाहियो भन्छु, जनतन्त्र हराम भो । म जनता हुँदा नेता बन्न खोज्छु । नेता बन्दा जनता लडाउँछु । कमजोर हुँदा बलियोलाई रोज्छु । बलियो हुँदा आफैँ हराउछु ! म आफैँ आफ्नो शत्रु, म आफैँ दबाब हुँ ! म अरुलाई के भनम् ,म आफैँ खराब छु !’

र्‍यापर पृष्ठभूमिका मेयर बालेन बेला–बेला कवितात्मक शैलीमा नेता र राजनीतिक विसंगतिमाथि व्यंग्य गर्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077