Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेसले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र सत्तापक्ष दलहरूका सांसदले प्रतिनिधिसभा बैठकमा अवरोध गरेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ।

कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठक स्थगित गरेका हुन् ।

सभामुख घिमिरेले १५ मिनेटपछि बस्ने गरी संसद बैठक स्थगित गरेका छन् ।

प्रतिनिधि सभा बैठकमा सभामुखले कांग्रेस सांसद सुशीला थिङले बोलेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झालाई बोल्न दिएपछि कांग्रेस सांसदहरूले अवरोध गरे ।

त्यसपछि सत्तापक्षका सांसदहरू पनि आसनबाट उभिएर बैठक अवरुद्ध गरेका छन् ।

कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ।

सभामुख घिमिरेले रास्वपा सांसद मनिष झालाई बोल्न समय दिएका थिए। तर कांग्रेस सांसदहरू बसेको ठाउँबाट उभिएर विरोध गरिरहे।

रास्वपा सांसद झाले बोल्न पाएनन्। सत्तापक्षका सांसदहरू पनि उठेर विभिन्न विषयमा कुरा राख्नका लागि बोल्न पाउनुपर्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077