Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

घोडेजात्रा पर्व आज, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । आज घोडेजात्रा पर्व मनाईंदैछ । हरेक वर्ष चैत कृष्ण औँसीका दिन विभिन्न कार्यक्रम गरी घोडेजात्रा पर्व मनाउने गरिन्छ ।

यो पर्व विशेषगरी काठमाण्डौ उपत्यकामा मनाउने चलन छ ।

धेरै वर्ष पहिले टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई दुःख दिने गरेको र विभिन्न उपायले त्यसलाई संहार गरिएको जनविश्वास छ ।

घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको विश्वासमा टुँडिखेलमा घोडा दौडाउने गरिन्छ ।

नेपाली सेनाले आज टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077