Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेसले तोक्यो दुई क्षेत्रमा उपनिर्वाचन परिचालन संयोजक

काठमाडौं । नेपाली कांग्रेसले उपनिर्वाचन हुने दुई क्षेत्रका लागि चुनाव परिचालन संयोजक तोकेको छ ।

इलाम २ को प्रतिनिधिसभा निर्वाचन परिचालन कमाण्डरमा महामन्त्री विश्वप्रकाश शर्मा तोकिएका छन् ।

त्यस्तै बझाङ प्रदेशसभाको लागि चुनावी कमाण्डर एनपी साउद तोकिएका छन् । १५ वैशाखमा हुने उपनिर्वाचनका लागि कांग्रेसले इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार बनाएको छ ।

खड्का जिल्ला सभापति समेत हुन् । उनी गत निर्वाचनमा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्बाङसँग ११४ मतले पराजित भएका थिए ।

बझाङ प्रदेश सभा (१) मा अभिषेक सिंहलाई कांग्रेसले उम्मेदवार बनाएको छ ।

उनी सडक दुर्घटनामा मृत्यु भएका सुदूरपश्चिमका पूर्वमन्त्री पृथ्वीबहादुर सिंहका छोरा हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077