Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

संसद्‌बाट नभ्याए अध्यादेशमार्फत दर्जन कानुन संशोधन गर्छौँ : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले लगानी सम्मेलनका निम्ति सरकारले अध्यादेशबाट भए पनि ऐन संशोधन गर्ने बताएका छन् ।

कान्तिपुर मिडिया ग्रुपले शनिबार वीरगन्जमा आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

लगानी संकुचन गर्ने ठानिएका दर्जन कानुन सकेसम्म संसद्‌बाटै र समयाभावले नभ्याइने भए अध्यादेशमार्फत संशोधन गरिने उनले उल्लेख गरे ।

त्यसका निम्ति राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति कायम गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077