Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

उम्मेदवार छान्न कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौँ । उपनिर्वाचनका लागि उम्मेदवार टुंग्याउन नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहान ९ बजे बैठक बस्न लागेको हो ।

हिजो दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म छलफल हुँदा पनि उपनिर्वाचनको उम्मेदवार टुंगो नलागेपछि आज पुनः बैठक बस्न लागेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

उपनिर्वाचनको उम्मेदवार टुङ्ग्याउन सभापति देउवा तीन दिनदेखि नियमित छलफलमा छन् ।

इलाम– २ मा प्रतिनिधिसभा उम्मेदवारका लागि डम्बरबहादुर खड्का र बझाङ प्रदेशसभा–१ का लागि अभिषेक सिंहलाई पार्टी सभापति देउवाले उम्मेदवार बनाउन खोजेका छन् भने शेखर कोइराला र महामन्त्री गगनकुमार थापाले इलाम– २ भेषराज आचार्यलाई उम्मेदवार बनाउनुपर्ने अडान राखेका छन् ।

मंगलबार बसेको बैठक पनि बिना निष्कर्ष सकिएको थियो । आगामी वैशाख १५ गते इलाम क्षेत्र नं २ र बझाङ प्रदेशसभा १ तर्फ उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077