Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेसले बुधबार पनि छान्न सकेन उम्मेदवार, तीन घण्टा बसेको बैठक निष्कर्षविहीन

काठमाडौं । उपनिर्वाचनका लागि उम्मेदवार छान्न बसेको नेपाली कांग्रेसको बैठक आज पनि निष्कर्षविहीन बनेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म बसेको बैठक पनि निष्कर्षविहीन बनेको हो ।

सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेसका प्रचार विभाग विभाग प्रमुख मीनबहादुर विश्वकर्माले आकांक्षी धेरै भएकाले उम्मेदवार टुंगो लगाउन नसकेको बताए ।

उनले बिहीबार बस्ने बैठकले उम्मेदवारको टुंगो लगाउने दाबी गरे । बैठक भोलि ९ बजेलाई बोलाइएको विश्वकर्माले जानकारी दिए ।

इलाम– २ मा प्रतिनिधिसभा उम्मेदवारका लागि डम्बरबहादुर खड्का र बझाङ प्रदेशसभा–१ का लागि अभिषेक सिंहलाई पार्टी सभापति देउवाले उम्मेदवार बनाउन खोजेका छन् भने शेखर कोइराला र महामन्त्री गगनकुमार थापाले इलाम– २ भेषराज आचार्यलाई उम्मेदवार बनाउनुपर्ने अडान राखेका छन् ।

मंगलबार बसेको बैठक पनि बिना निष्कर्ष सकिएको थियो । आगामी वैशाख १५ गते इलाम क्षेत्र नं २ र बझाङ प्रदेशसभा १ तर्फ उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077