Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नवलपरासीमा स्कुल बसको ठक्करबाट महिलाको मृत्यु

नवलपरासी। नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका-५ मा स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

बालविकास इङ्लिस बोर्डिङ स्कुलको ना ४ ख १०४१ नम्बरको बसले बा ९३ प ९२०९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा भरतपुर २१ बस्दै आएकी ६८ बर्षीया पार्वती पौडेलको मृत्यु भएको हो ।

पौडेलको शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पताल राखिएको छ ।

दुर्घटनामा परी स्कुटर चालक गैंडाकोट ५ बस्ने २० बर्षिया आशिका सापकोटा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । बस र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077