Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सहरी विकासमन्त्री बुढा र मेयर बालेनबीच छलफल, के भयो कुराकानी ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर मेयर बालेन्द्र (बालेन)ले सहरी विकासमन्त्री धनबहादुर बुढासँग भेटवार्ता गरेका छन् ।

मेयर बालेनले काठमाडौंको फोहोर व्यवस्थापनबारे छलफल गर्न सहरी विकासमन्त्री बुढासँग भेटवार्ता गरेका हुन् ।

उनीहरूबीच सिंहदरबारमा आइतबार बिहान छलफल भएको हो।

प्रभावित क्षेत्रका बासिन्दाहरूको सरोकारलाई सम्बोधन हुने गरी बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहर व्यवस्थापन गर्ने र उनीहरूको माग सम्बोधन गर्ने विषयमा मेयर बालेनसँग मन्त्री बुढाले मिलेर अघि बढ्न प्रस्ताव गरेका थिए ।

फोहोर व्यवस्थापनमा आफू सहकार्य गर्न तयार रहेको भन्दै मेयर बालेनले महानगरले केही वडावाट शून्य फोहोर कार्यक्रम सुरू गरेको बताएका थिए।

मेयर बालेनले बन्चरेडाँडास्थित ल्यान्डफिल साइटको संरचनामा थप सुधार गरी फोहरको व्यवस्थापन गर्न महानगरकाले आवश्यक सहकार्य र सहजीकरण गर्ने बताएका थिए।

सहरी विकासमन्त्री बुढाले बन्चरेडाँडामा जाने फोहरको परिमाणलाई कम गर्न आफूले मातहतका निकायलाई निर्देशन दिइसकेको भन्दै फोहर व्यवस्थापनको दीर्घकालीन समाधानमा काठमाडौं र ललितपुर महानगरपालिकासँग मन्त्रालयले समन्वय र सहकार्य गर्न चाहेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077