Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेस सांसद यादवले भने - रवि गृहमन्त्री बनेपछि सहकारी प्रकरणको छानबिन रोकियो

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री हुनासाथ छानबिन प्रक्रिया रोकिएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको बैठकको सुरुमा बोल्दै सांसद यादवले यस्तो आरोप लगाएका हुन् । सांसद यादवले उनले गृहमन्त्री लामिछानेको नाम सहकारी संस्थाको रकम अपचलनमा नाम मुछिएको विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग दोहोर्याए।

लामिछाने गृहमन्त्री हुनासाथ छानबिन प्रक्रिया रोकिएको भन्दै कांग्रेसले यसबाट विश्वासको संकट उत्पन्न भएको जनाएको छ ।

सांसद यादवले भने, ‘आरोप टुंग्याउन सहयोग गर्नुहोस् । सत्यतथ्य बाहिर नल्याएमा यसले तपाईंलाई कहिल्यै छोड्ने छैन।’

विगतमा सहकारीको पैसा अपचलनमा लामिछानेको नाम जोडिएर सार्वजनिक हुँदा तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदीय समितिको बैठकमा छानबिन भइरहेको बताएको तर अहिले छानबिन प्रक्रिया अवरुद्ध भएको सांसद यादवले बताए ।

छानबिन प्रक्रिया रोकिँदा विश्वासको संकट उत्पन्न भएको उनले बताए । छानबिन समितिबाट यसलाई टुंग्याउने विषयमा सहयोग गर्न पनि कांग्रेसले लामिछानेलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077