Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले रुकुम पश्चिमको अध्यक्ष पदमा पुनः देवकोटा चयन

रुकुम पश्चिम । नेकपा एमाले रुकुम पश्चिमको अध्यक्ष पदमा पुनः नन्दराम देवकोटा चयन भएका छन् ।

जिल्ला पार्टी कार्यालयमा चार दिनसम्म चलेको नवौँ जिल्ला अधिवेशनबाट देवकोटा सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।

उनको अध्यक्षतामा आठ जनापछि थप्ने गरी ६९ सदस्यीय जिल्ला समिति सर्वसम्मत निर्वाचित भएको निर्वाचन अधिकृत गणेश हमालले जानकारी दिए ।

उपाध्यक्षमा पुनः मनवीर घर्ती र सचिवमा पनि पुनः शशिराम नेपाली निर्वाचित भएका छन् ।

यस्तै सहसचिवमा ब्युझ्ना पुनःदेवकोटा र तिलक बस्नेत सर्वसम्मत निर्वाचित भएका छन् भने पलबहादुर खड्काको संयोजकत्वमा लेखा समिति पनि निर्विरोध चयन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077