Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले लमजुङको अध्यक्षमा विष्ट निर्वाचित

लमजुङ । नेकपा एमाले लमजुङको नवौं जिल्ला अधिवेशनबाट राजकुमार विष्ट अध्यक्षमा निर्वाचित भएका छन् ।

प्रतिद्वन्द्वी कृष्णप्रसाद अधिकारीलाई ८९ मतले हराउँदै विष्ट अध्यक्षमा निर्वाचित भएका हुन् । कूल ५ सय ६ मत खसेकोमा विष्टले २ सय ८८ मत ल्याए ।

अधिकारीले १ सय ९९ मत प्राप्त गरे । उपाध्यक्षमा शुभाष पौडेललाई ५ मतले हराउँदै जितबहादुर गुरुङ निर्वाचित भएका छन् ।

गुरुङले २ सय ४२ मत प्राप्त गर्दा पौडेलले २ सय ३७ मत प्राप्त गरे । सचिवमा २ सय ३९ मतान्तरले राजेन्द्र बोहरा निर्वाचित भएका छन् ।

उनले ३ सय ५८ मत ल्याउँदा प्रतिद्धन्द्धि जनकराज मिश्रले १ सय १९ मत ल्याए । उपसचिवमा २ सय २० मतान्तरले विवश बुढाथोकी निर्वाचित भएका छन् ।

उनले ३ सय ४९ मत मत ल्याउँदा प्रतिद्धन्द्धि राजेन्द्र अधिकारीले १ सय २९ मत ल्याए । महिला उपाध्यक्षमा राममाया थापामगर निर्विरोध निर्वाचित भएका हुन् ।

निर्वाचित सवै अध्यक्ष विष्टका प्यानलका हुन् । चैत १६ गते उद्घाटन र १७ गते बन्दसत्रको आयोजना गरेको नेकपा एमाले लमजुङको अधिवेशनको अन्तिम मतपरिणाम सोमबार दिउँसो सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077