Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माओवादीबाट इलाम २ मा धीरेन्द्र शर्मा उम्मेदवार सिफारिस

इलाम । नेकपा माओवादी केन्द्रले इलाम–२ को उपनिर्वाचनमा केन्द्रीय सदस्य धीरेन्द्र शर्मा तिमिल्सिनालाई उम्मेदवार सिफारिस गरेको छ ।

माओवादी केन्द्रको जिल्ला कमिटीले उपनिर्वाचनका लागि उनको एकल नाम प्रदेश कमिटी समक्ष सिफारिश गरेको हो ।

२०७४ सालको चुनावमा उनी क्षेत्र नं. २ ‘ख’ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । हाल उनी पार्टीमा केन्द्रीय कमिटी सदस्य छन् ।

इलाम–२ मा नेकपा एमालेले दिवंगत नेता सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बु उम्मेदवार छन् । इलाम–२ मा १५ वैशाखमा उपचुनाव हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077