Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एरिकाले अमेरिकामा जितिन् स्वर्ण र रजत पदक

काठमाडौं । नेपाली कराते खेलाडी एरिका गुरुङले अमेरिकामा भएको युएस ओपन इन्टरनेसनल कराते च्याम्पियनसिपमा १ स्वर्ण र १ रजत जितेकी छन् ।

१९औं एसियाडकी रजत विजेता एरिकाले यू-२१ इलिटतर्फ महिला ६८ केजीमाथि तौल समूहमा स्वर्ण जितेकी हुन् ।

गएराति भएको खेलमा एरिकाले क्यानडेली खेलाडीलाई ९/० ले पराजित गरेकी थिइन् ।

यस्तै सिनियर इलिटको ६८ केजीमाथी भने एरिका फाइनलमा पराजित हुँदे रजत जितिन् ।

सोमबार बिहान सम्पन्न फाइनलमा एरिका अमेरिकी खेलाडीसँग प्रतिस्पर्धात्मक खेलमा ३-२ ले पराजित भइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077