Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

२६ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी, ७ दिने स्पष्टीकरण माग

काठमाडौँ । सरकारले २६ वटा निर्माण कम्पनीलाई सात दिने स्पष्टीकरण सोधेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्नुअघि ती निर्माण कम्पनीलाई सोमबार ७ दिने स्पष्टीकरण सोधेको हो ।

विभिन्न सार्वजनिक निकायले कालोसूचीमा राख्नका लागि २६ वटा निर्माण कम्पनीलाई सिफारिस गरेपछि कार्यालयले सुरुमा ३० दिनभित्र स्पष्टीकरण पेश गर्न सूचना पठाएको थियो ।

तर, सो समयमा स्पष्टीकरण प्राप्त नभएकाले पुनः ७ दिनको म्याद दिइएको कार्यालयले सोमबार जारी गरेको सूचनामा उल्लेख छ । ७ दिनको अवधिमा पनि स्पष्टीकरण पेश नगरेमा कालोसूचीमा राखिने चेतावनी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077