Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महालेखापरीक्षकमा रायलाई सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णय

काठमाडौं । संवैधानिक परिषद्को बैठकले महालेखापरीक्षकमा राष्ट्रिय तथ्यांक कार्यालयका सचिव तोयम रायलाई सिफारिस गरेको छ ।

आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले रायलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

उनलाई ६ वर्षे कार्यकालका लागि महालेखापरीक्षकमा सिफारिस गरिएको छ ।

हाल तथ्यांक कार्यालयको प्रमुख तथ्यांक अधिकारी राया पूर्वअर्थसचिव हुन् ।

गत जेठ ८ गते टंकमणि शर्मा सेवानिवृत्त भएपछि यो पद रिक्त रहेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बैठक बस्नका लागि छलफल समेत गरेका थिए ।

संवैधानिक परिषद्‍मा प्रधानमन्त्री, प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077