Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड भन्छन् - आगामी निर्वाचनमा विदेशमा रहने नेपालीले मतदान गर्न पाउँछन्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आगामी निर्वाचन भित्र विदेशमा रहने नेपालीले मतदान गर्न पाउने बताएका छन् ।

गएराति संसारभरिका माओवादी प्रवास कमिटीका कार्यकर्ताहरूलाई भर्चुअल रूपमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

उनले प्रवासमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न विदेश स्थित नेपाली दूतावास मार्फत तदारुकताका साथ तयारीको कार्य भइरहेको बताए ।

यस्तै गैरआवासीय नेपाली सङ्घमा देखिएको समस्या आगामी वैशाख २ गते अदालतको फैसलापछि निर्णय गरिने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077