Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रन्जिताले विमानस्थलमै पुगेर रेशमलाई गरिन् स्वागत, भनिन् - 'वेलकम व्याक राजा' !

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी स्वदेश फर्किएका छन् । जापान भ्रमण सकेर उनी शनिबार काठमाडौं फर्किका हुन् ।

उनलाई स्वागत गर्न नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठसहितका नेताहरु विमानस्थल पुगेका थिए । सत्ता गठबन्धन सरकारमा सहभागीताबारे रेशम र रन्जिताबीच पछिल्लो समय विवाद चर्किएको थियो ।

उनीहरूबीच बेला पारिवारिक सम्बन्ध पनि बिग्रेको दाबी गरिन्थ्यो । तर शनिबार विमानस्थलमा श्रीमान रेशमलाई रन्जिताले अंगालो हालेर स्वागत गरेकी हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा रेशमलाई स्वागत गरेको तस्विर फोस्ट गर्दै 'वेलकम व्याक राजा' लेखेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077