Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसद्‌को अवरोध हटाउन दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदको अवरोध हटाउन छलफल सुरु गरेका छन्।

सभामुख घिमिरेले सिंहदरवारमा संसदमा प्रतिनिधित्व गर्ने प्रमुख दलहरुसँग छलफल गरिरहेको हुन्।

छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीका प्रमुख सचेतक र सचेतकहरू सहभागी छन्।

प्रमुख प्रतिपक्षी दलले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणको छानविन माग गर्दै संसदीय छानविन समिति बनाउनुपर्ने अडान राख्दै आइरहेको छ।

तर, सरकार समितिको पक्षमा छैन। कांग्रेसले भोलि बस्ने बैठकसम्म समिति नबनाए सदन चल्न नदिने अडान लिएपछि खुलाउन सभामुखले पहल गरेका हुन्।

बैठकमा नयाँ कार्यतालिका, संसदको प्रभावकारिता लगायतका विषयमा छलफल भइरहेको सभामुखको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077