Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आगामी नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाउने तयारीमा छौँ : प्रधानमन्त्री प्रचण्ड

हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाउने तयारीका साथ सरकार अगाडि बढेको बताएका छन् ।

मकवानपुरमा शुक्रबार नेकपा माओवादी केन्द्रका स्थानीय नेता एवम् कार्यकर्तासँगको भेटमा प्रधानमन्त्री प्रचण्ड सो कुरा बताएका हुन् ।

उनले आर्थिक वर्ष २०८१/८२ को बजेट उत्पादन एवम् रोजगारी विस्तारमा केन्द्रित हुने र सोहीअनुसार नयाँ योजना तयार गर्न सरकार लागिपरेको बताए ।

“पछिल्लो समीकरण सरकारको गति बढाउन र जनताका आकांक्षा पूरा गर्ने उद्देश्यका साथ निर्माण भएको हो । नयाँ समीकरण बनेको एक महिना नपुग्दै धेरै राम्रा काम अगाडि बढेका छन्, अब देशको आर्थिक क्षेत्र पनि चलायमान हुन्छ,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077