Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चक्कु प्रहार गरेर अमेरिकामा चार जनाको हत्या

एजेन्सी । अमेरिकाको इलिनोइस राज्यमा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी चार जनाको हत्या गरेका छन्।

राकफोर्ड शहरका प्रहरी प्रमुख कार्ला रेडका अनुसार एक जना २२ वर्षीय युवकले चक्कु प्रहार गरेका थिए ।

आक्रमणमा परी सात जना घाइते छन्। चक्कु प्रहारबाट दुई महिला र दुई पुरुषको मृत्यु भएको छ ।

उनीहरु १५ देखि ६३ वर्ष उमेर समूहका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ ।

आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077