Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माइक्रोबस दुर्घटना हुँदा ८ यात्रु घाइते, चारको अवस्था गम्भीर

चितवन । नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका-१ रामनगरमा आज बिहीबार बिहान माइक्रोबस दुर्घटना हुँदा आठजना यात्रु घाइते भएका छन् ।

भरतपुर-१ रामनगरमा ट्राफिक प्रहरीले जाँचका लागि रोकिराखेको बागमती प्रदेश ०१-००६ ख ४८८८ नम्बरको बसमा ग २ ख २२५ नम्बरको माइक्रोबस अनियन्त्रित भई ठक्कर खाएको हो ।

रामनगरमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अगाडि सुरक्षा जाँच भइरहँदा बिहान ५ बजे उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

उनीहरूको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा स्थानीय कमलबहादुर न्यौपानेको घरमा सञ्चालित मोटरसाइकल ग्यारेजमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077