Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उत्तर पुस्तिका हराएपछि पुनः परीक्षा लिँदै त्रिवि, परीक्षा तालिका सार्वजनिक !

काठमाडौँ । स्नातक तह प्रथम वर्षको उत्तर पुस्तिका हराएपछि त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले पुनः परीक्षा गर्ने भएको छ ।

स्नातक तह प्रथम वर्षको जनसङ्ख्या विषयको उत्तर पुस्तिका हराएपछि पनिकाले पुनः परीक्षा लिन लागेको हो ।

चैत २१ गतेदेखि परीक्षा गर्ने भन्दै परीक्षा तालिका सार्वजनिक गरिएको छ । पनिकाले उक्त विषयको पुनः परीक्षा सञ्चालन गर्न भन्दै सम्बन्धित क्याम्पसहरूलाई निर्देशन दिएको थियो ।

सोही आधारमा क्याम्पसहरूले पुनः परीक्षा गर्न लागेका हुन् । चैत २१ गते बिहान ७ बजेदेखि १० बजेसम्म परीक्षा सञ्चालन हुन लागेको हो ।

चितवन रत्ननगरको शहीद स्मृति बहुमुखी क्याम्पसले चैत २१ गतेदेखि परीक्षामा सहभागी हुन भन्दै विद्यार्थीहरूलाई बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077