Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपाले स्पष्टीकरण सोधेपछि पूर्वडीआइजी खरेलले बुझाए राजीनामा

काठमाडौं । पूर्वडीआइजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट राजीनामा दिएका छन् ।

पूर्वडीआईजी खरेलले बुधबार मात्र पार्टीमा राजीनामा पत्र बुझाएका हुन् ।

आम चुनाव २०७९ मा काठमाडौं–१ मा चुनाव लडेका उनी गत वैशाख १० मा भएको उपचुनावमा रास्वपामा जोडिएका थिए ।

खरेल रास्वपाबाट बारा–२ मा उपचुनाव लडेका थिए, तर जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादवसँग पराजित थिए ।

चुनावपछि रास्वपाको कुनै भूमिकामा नरहेका खरेलले पछिल्लो समय पार्टी सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाउँदै आएका थिए ।

यसलाई लिएर रास्वपाले स्पष्टीकरण सोधेको थियो । खरेलले जवाफको साटो राजीनामा पत्र केन्द्रीय कार्यालयमा पठाएको स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077