Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

किसान सम्बन्धी गोष्ठी किसानसँगै खेतमा गर्नुपर्छ, स्टार होटलमा होइन : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गोष्ठी र सेमिनारका नाममा सरकारले खर्च गरिरहेको भन्दै असन्तुष्ट व्यक्त गरेका छन् ।

बागमती प्रदेश कमिटीको दोस्रो बैठकलाई सम्बोधन गर्दै ओलीले किसान सम्बन्धी गोष्ठी स्टार होटलमा नभई गाउँमा हुनु पर्ने बताएका हुन् ।

उनले गोष्ठी र सेमिनारका नाममा धुस्नु खर्च भएको दाबी गरे । किसान सम्बन्धी गोष्ठी स्टार होटलमा नभई गाउँमा हुनुपर्ने उनको तर्क छ ।

सरकारले किसानसँगै खेतमा, बारीमा, बगैंचामा, गोठमा गोष्ठी गर्नुपर्ने ओलीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077