Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकैपटक १७ जनाले कर्णाली नदीमा हाम फाले, एक युवक बेपत्ता

कैलाली । कैलालीको चिसापानीस्थित कर्णाली नदीमा हाम फालेर एक युवक बेपत्ता भएका छन् ।

सोमबार दिउँसो कर्णाली पुलबाट १७ जनाले हाम फालेकोमा लम्कीचुहा नगरपालिका–३ चिसापानीका अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही बेपत्ता भएका हुन् ।

उनीसँगै हाम फालेका १६ जना भने पौडी खेलेर बाहिर आएका थिए । तर उनी भने नदीमा डुबेर बेपत्ता भएका हुन् ।

उनीहरुले होली पर्वको रमाइलोबीच पौडी खेल्न नदीमा हाम फालेको बताइएको छ । तर पनि हाम फाल्नुको कारण खुल्न सकेको छैन् ।

बेपत्ता शाहीको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077