Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आतंकवादी पक्राउ नपरेसम्म आक्रमण जारी रहेको इजरायलको घोषणा

एजेन्सी । इजरायलले आतंकवादी पक्राउ नपरेसम्म गाजामा आक्रमण जारी रहने जनाएको छ।

इजरायली सेनाको दक्षिणी कमाण्डका प्रमुख यारोन फिन्केलम्यानले उत्तरी गाजाको अल–सिफा अस्पतालमा आक्रमण जारी रहने बताएका हुन्।

अन्तिम आतंकवादी रहेसम्म अस्पतालमा आक्रमण जारी राख्ने फिन्केलम्यानले बताए । उनले आतंकवादी पक्राउ परेपछि मात्रै आक्रमण बन्द हुने बताए।

फिन्केलम्यानले अस्पतालमा अन्य इजरायली सैन्य अधिकारीहरूसँगको स्थिति मूल्यांकनका क्रममा उनले यो टिप्पणी गरेका हुन् ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले दाबी गरेको छ कि अस्पताल क्षेत्रमा हालसम्म १७० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

त्यहाँबाट ७ सयभन्दा बढीलाई पक्राउ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077