काठमाडौं । ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ।
एमालेले राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको तयारी, उपनिर्वाचन लगायतका विषयमा छलफल गर्न सचिवालय बैठक बोलाएको हो ।
यसका अतिरिक्त सातौं केन्द्रीय कमिटी बैठक र सचिवालय बैठकका निर्णयहरू सर्कुलर (अन्तरपार्टी निर्देशन) कारूपमा पठाउन पनि बैठक बस्न लागेको एमालेले बताएको छ।
इलाम—२ को प्रतिनिधि सभा र बझाङ—१ को प्रदेश सभा सदस्यका लागि वैशाख १५ गते उपचुनाव हुँदैछ।
त्यसमा उम्मेदवार तय गर्न सम्बन्धित जिल्ला र प्रदेश कमिटीबाट उम्मेदवार सिफारिस भएर आएका छन्।
इलाम—२ का लागि ६ जनाको नाम सिफारिस भएको छ। बझाङ—१ मा तीन जनाको नाम सिफारिस भएको छ। तीन नामहरूबारे आज छलफल हुने एमालेले जनाएको छ।