Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोशी प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा पूर्वसांसद कार्की नियुक्त

विराटनगर । कोशी प्रदेश सभाकी पूर्वसांसद विन्दिया कार्की प्रदेश खेलकुद विकास बोर्ड उपाध्यक्ष नियुक्त भएकी छन्।

मन्त्रिपरिषद् बैठकले पूर्वसांसद कार्कीलाई प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा नियुक्त गरेको हो ।

प्रदेशसभाको पहिलो कार्यकालमा कार्की नेपाली कांग्रेसबाट समानुपातिक सांसद बनेकी थिइन् ।

२०७८ साल चैत २२ गते प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा जिना कार्की नियुक्त भएकी थिइन् ।

जिनाको राजीनामापछि रिक्त रहेको पदमा मुख्यमन्त्री केदार कार्कीले विन्दियालाई नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077