Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वसभामुख महरासँग आज पनि बयान लिइँदै, अनुसन्धानका लागि पुनः म्याद थप्ने तयारी

काठमाडौं । जिल्ला सरकारी वकील कार्यालय काठमाडौँ पूर्वसभामुख कृष्णबहादुर महरासँग बयान लिन सुरु गरेको छ ।

सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्षसमेत रहेका महराको बुधबारदेखि मात्रै बयान लिन सुरु गरिएको हो ।

उनी यही चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ परेका थिए । उनलाई काठमाडौँ जिल्ला अदालतले ४ दिन हिरासतमा राख्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई अनुमति दिएको थियो ।

अस्पतालमा राखेर अनुसन्धान अघि बढाउन अदालतबाट आदेश भएपछि उनलाई नर्भिक अस्पतालमा राखिएको छ ।

निजलाई सिआइबीको नियन्त्रणमा राखेर अनुसन्धान गर्न दिइएको म्याद आज समाप्त हुने भएकाले बयान र अनुसन्धान नसकिए पुनः म्याद थप गरिने सिआइबीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077