Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दीपक मनाङेलाई स्पष्टीकरण सोध्ने एकीकृत समाजवादीको निर्णय

पोखरा । नेकपा (एकीकृत समाजवादी) पार्टीले दीपक मनाङे उर्फ राजीव गुरुङलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

बुधबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले गण्डकीका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री समेत रहेका मन्त्री मनाङेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

गत आइतबार मात्रै मनाङेले आफू स्वतन्त्र निर्वाचित भएको हुँदा अभिलेख स्वतन्त्र कायम गरिदिन भन्दै प्रदेशसभा सचिवालयमा निवेदन दिएका थिए ।

मनाङ ‘ख’बाट निर्विरोध निर्वाचित भएका मनाङे ०७९ मंसिर १९ मा एकीकृत समाजवादी प्रवेश गरेका थिए । सो पत्रअनुसार नै मनाङे आइतबारसम्म एकीकृत समाजवादीको सांसदको हैसियतमा थिए ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २९ ले स्वतन्त्र निर्वाचित व्यक्तिले दलको सदस्यता लिएमा स्वतः संसदीय दलको सदस्य हुने व्यवस्था गरेको छ । अब उनको पद नै जान सक्ने सम्भावना बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077