Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कार्यकर्ताहरुलाई अहङ्कार हटाउन एमाले अध्यक्ष ओलीको निर्देशन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता कार्यकर्ताहरुलाई अहङ्कार हटाउन र विनम्र बन्न निर्देशन दिएका छन्।

एमाले काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले नेता कार्यकर्तामा अहङ्कार बढेको आभास पाएको भन्दै अहङ्कार हटाएर विनम्रता हासिल गर्न निर्देशन दिए।

अध्यक्ष ओलीले भने, ‘अहङ्कार हटाउनुस् । विनम्रता हासिल गर्नुस् । हरेक दिनको तपाईँसँग नोट हुनुपर्छ कि आज मैले के गरेँ ? हरेक दिन के गर्दै हुनुहुन्छ योजना हुनुपर्छ । यति समयभित्र यी सदस्य र कमिटी बनाउँछु । योजनाबद्ध काम गर्नुभएन भने केही हुँदैन ।’

अध्यक्ष ओलीले कतिपय पार्टी कमिटीमा आफूले आलोपालो जस्ता कुरा सुनेको भन्दै त्यस्तो कुरा विचारहीन मान्छेले मात्रै गर्ने बताए ।

अध्यक्ष ओलीले मानिस असफल हुँदै गएपछि फ्रस्टेसनमा जाने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077