Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

रिडी–तम्घास सडकखण्ड आजदेखि तीन हप्तासम्म बन्द

गुल्मी । गुल्मीमा मदन भण्डारी राजमार्ग खडकखण्ड अन्तर्गत रिडी–तम्घास सडकखण्ड आजदेखि तीन हप्तासम्म बन्द हुने भएको छ ।

आजदेखि चैत मसान्तसम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म र राति पनि १० बजेदेखि ४ बजेसम्म सडक बन्द हुने भएको हो ।

मदन भण्डारी राजमार्ग योजना कार्यालयले सार्वजनिक सूचना निकालेर रिडी–तम्घास खण्डमा सडक विस्तारको काम भैरहेको र अबको तीन हप्ता वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।

सडक निर्माणको क्रममा पहरो फोर्ने, सडक चौडा पार्ने, ग्रेड मिलाउनेलगायतका काम हुने आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077