Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गिरिजाप्रसाद कोइरालाको १४औं स्मृति दिवस आज, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको १४औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस, जीपी कोइराला फाउण्डेसन लगायत संस्थाले विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

पाँच पटक प्रधानमन्त्री बनेका कोइरालाको निधन २०६६ साल चैत ७ गते निधन भएको थियो।

राणा शासनको विरोध गरेको अभियोगमा बुबा-आमा प्रवासमा रहेका बेला कोइरालाको जन्म १९८१ सालमा भारतको टेडीमा भएको थियो ।

नेपाली राजनीतिका महत्वपूर्ण कालखण्डमा कोइरालाको भूमिका महत्वपूर्ण छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077