Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जुनसुकै कालखण्डका भ्रष्टाचार काण्ड छानबिन गरी कारबाही गर्ने सरकारको घोषणा

काठमाडौं । सत्तारुढ पाँच राजनीतिक दलले साझा संकल्प सार्वजनिक गरेको छ ।

सत्तारुढ दलको न्यूनतम साझा संकल्प सार्वजनिक गर्दै गठबन्धन कार्यदलका संयोजक विष्णु पौडेलले भ्रष्टाचारी एकदिन कानूनको कठघरामा पुग्नेछ भन्ने समाजमा स्थापित गर्ने बताएका हुन् ।

संयोजक पौडेलले भने, ‘भ्रष्टाचार र अख्तियारसँग जोडिएका विषयको छानबिन र अनुसन्धान गरी कुनैपनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि कानूनी कारवाही अघि बढाउने, भ्रष्टाचारी एकदिन कानूनको कठघरामा पुग्नेछ भन्ने समाजमा स्थागित गर्नेछ ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता नियामक निकायलाई कानुन, जनशक्ति, स्रोत र साधनबाट अधिकारसम्पन्न बनाई भ्रष्टाचार निवारण र सदाचारको प्रत्याभूति गर्ने पाँच दलको संकल्प छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077