Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रविमाथि छानबिनका लागि संसदीय समिति गठन गर्न सम्भव छैन : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्न सम्भव नभएको बताएका छन् ।

कांग्रेसले सहकारी अनियमिततामा गृहमन्त्री लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठनको माग गरेको थिए ।

त्यसको जवाफमा ओलीले गृहमन्त्री लामिछानेमाथि छानविन गर्न संसदीय समिति गठन सम्भव नभएको बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले आज संसदमा उठेका प्रश्नको जवाफ दिँदै लामिछाने सहकारी ठगीमा जोडिएको प्रमाण नभएको बताएका थिए ।

तर, लगत्तै बोलेका कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले लामिछानेमाथि पर्याप्त प्रमाण भएकाले छानबिन गर्न समिति गठन गर्न माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077